दाङमा शुक्रवार मास्क नलगाई हिड्ने ८० जनालाई कारबाही

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १२ गते शुक्रवार

दाङ : दाङमा प्रहरीले शुक्रवार मास्क नलगाई हिड्ने १३ महिला ६७ पुरुष गरी ८० जना ब्यक्तिलाई कारबाही गरेको छ । त्यसैगरी विभिन्न १६४ सवारी साधनलाई होल्डमा राखि छोडेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा मास्क नलगाई हिड्ने ८० जनालाई प्रतिब्यक्ति एक सयका दरले कारबाही गरेको प्रहीले जनाएको छ ।

उक्त कारबाहीका ८ हजार जरिवाना संकलन भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए । त्यसैगरी कोरोना भाइरस (कोभिड – १९ ) सङक्रमण फैलिन नदिन तथा रोकथामका लागी जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनाको अवेज्ञा गरी संचालन गरिएका ४ वटा बस, ११७ वटा मोटरसाइकल, ७ वटा स्कुटर र ३६ वटा अटो गरी १६४ सवारी साधनहरुलाई होल्डमा लिई सम्झाई बुझाई गरी छाडिएको प्रवक्ता खड्काले जानकारी दिए ।

जिल्लामा विहीवारदेखि जिल्लामा जोर विजोर प्रणालीबाट सवारी साधन संचालन गर्न यो नियम लागु गरिएको छ । साथै लकडाउन कोरोना भाइरसको संङक्रमण रोक्नको लागी लकडाउन अबधिभर जारी गरिएका सूचनाहरु पालना गरी सङक्रमण फैलिन रोक्न सहयोग गर्न समेत प्रहरीले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार