काठमाडौं, १२ भदौ : कोरोना भाइरस कोभिड—१९ बाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ८ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
मोरङमा ५६ र ६५ वर्षिया दुई जना महिला, भक्तपुरमा ६४ वर्षिया र मकवानपुरमा ७१ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । यस्तै उदयपुरमा ५२ वर्षिय, पर्सामा ७१ वर्षिय, धनुषामा ४५ वर्षिय र सिरहामा ५५ वर्षिय पुरुषको मृत्यु भएको छ ।
यस्तै झापामा ८३ वर्षिय, चितवनमा ५१ वर्षिय, कास्कीमा ५२ वर्षिय र रुपन्देहीमा ६० वर्षिय पुरुषको मृत्यु भएको उनले बताए । योसँगै कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ ।