दाङमा आइतवार रातीदेखि एक साता निषेधाज्ञा

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १२ गते शुक्रवार


दाङ : कोरोना भाइरसको संक्रमण फैलिदै गए पछि दाङमा एक साता पूर्णरुपमा निषेधाज्ञा गरिने भएको छ । कोरोना संकट व्यवस्थापन समितिको शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकल आइतबार राती १२ बजे देखी २१ गते सम्म पूर्णरुपमा निषेधाज्ञा गर्ने र पिसिआर जाँचलाई बढाउने निर्णय भएको हो । निषेधाज्ञाको अबस्थामा सार्वजनिक सवारीका साधन, पास विनाका गाडी, अत्याबश्यक सेवा तथा बस्तु उत्पादन र वितरण गर्ने उद्योग एवं व्यवसाय बाहेक अन्य उद्योग कलकारखाना र व्यापार सबै बन्द हुने भएका छन । त्यसैगरी होटल, रेष्टुरेन्ट, खाजाघर पनि बन्द हुने भएका छन ।

बैठकले सरकारी राजश्व संकलन लगाएतका कारोबार गर्ने गरि अनुमती प्राप्त भए बाहेकका बैंक तथा बित्तिय संस्थाहरु सञ्चालन गर्नु पर्ने भए सञ्चालन गर्नुपर्ने समय अबधी तोकी स्वास्थ्य मापदण्ड पालना गरि सञ्चालन गर्न सकिने निर्णय समेत गरेको छ । यस विचमा कोरोना संक्रमण फैलन नदिनका लागि स्वास्थ्य कार्यालय दाङ र सबै पालिकाहरुले सम्भावित जोखिम, संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर जाँचको दायरालाई बढाउने निर्णय समेत भएको छ । एक साताको निषेद्याज्ञाको अबस्था हेरी जिल्ला प्रशासन कार्यालय दाङले थप एक साता निषेधाज्ञाको समय लम्ब्याउन सक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार