कोभिड १९ र अपराध रोकथाम र नियन्त्रणका लागि समिति गठन

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १२ गते शुक्रवार


सुशील बस्नेत
दाङ,१२ भदौ  : कोभिड – १९ रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरीले समुदाय सँग मिलेर अभियान सञ्चालन गर्न शुरु गरेको छ ।
नागरिकसँगको सहकार्यमा यो महामारीलाई रोक थामगर्न,समुदायमा हुने अपराधिक घटना नियन्त्रण गर्न प्रहरीले नागरिक सँगको सहकार्यको रणनीति अगाडी बढाएको छ ।  यसमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले भाबि रणनीतिक योजना अन्तर्गत नागरिक प्रहरी साझेदारी अभियान शुरु गरेको हो ।  ईलाका प्रहरी कार्यालयले मातहतका प्रहरी कार्यालयहरुलाई प्रत्येक टोल बस्तीमा खटाई नागरिकहरुको भेलाबाट टोल सुरक्षा समिति गठन गर्ने अभियान चलाएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहका अनुसार हाल सम्म ५ सय ७८ वटा टोल सुरक्षा समिति गठन गरिएको छ । अझै यो अभियानजारि रहने प्रहरी नायव उपरिक्षक सिंहले बताए । टोल सुरक्षा समितिको कार्यबिधि समेत तयार गरिएको छ ।
सोही कार्यबिधिको आधारमा टोलभेला गरी टोल सुरक्षा समिति गठन गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट वडा नम्वर ६ बिहानी टोलमा खटिएका प्रहरी सहायक निरिक्षक रमेश बि.सी.ले जानकारी दिए ।

बिहानी टोल बिकासको शुक्रबार सम्पन्न भेलाले पदन संयोजक रहने कार्य बिधि अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का सदस्य यमुना परियार टोल सुरक्षा समितिको संयोजक रहेकी छन । सह–संयोजकमा सोही टोलकी सिता चौधरी,सदस्य सचिबमा राजकुमार थारु,सदस्यमा शान्ति चौधरी,बिकास चौधरी,लक्ष्मी चौधरी,फुलमति चौधरी, मणीराम बिश्वकर्मा र रुकुमी चौधरीलाई चयन गरिएको छ ।
त्यस्तै टोल सुरक्षा समितिको सल्लाहकारमा सुशील बस्नेत, प्रेमाचौधरी, मनोज लामिछाने र हिमलालचौधरीलाई चयनगरिएको सुरक्षा समिति गठनका लागिउक्त टोलमा खटिएका प्रहरी सहायकनिरिक्षक बि.सी.ले बताए ।

टोल सुरक्षा समितिको उदेश्य भनेको टोल टोलमा अपराध नियन्त्रण गर्न संयन्त्र निर्माण गर्ने,स्थानीय जन–सहभागित अभिबृद्धि गरि शान्ति सुरक्षा काम गर्ने, बिकास र सुरक्षा बीचको अन्तर–सम्बन्धलाई आत्मसाथ गरि दिगो बिकास गर्ने,प्रहरी र जनता बिच सामिप्यता बढाई प्रत्येक टोल सुरक्षा समस्याहरुको पहिचान गरी समाधानको उपायहरु अबलम्वन गर्ने,शान्ति सुरक्षा स्थापीतगर्न प्रहरीले मात्र सम्भव छैन् ।  टोल भित्र रहेको हरेक नागरिक बिनाबर्दीकाप्रहरी हुनुपर्छ भन्ने भावनको बिकास गर्ने टोल सुरक्षित भए मात्र आफ्नो छोरा छोरीलाई अपराधिक कृयाकलाप बाट बचाँउन सकिन्छ भन्ने सोचाईको उजागर गर्ने लगायतका रहेको प्रहरी सहायक निरिक्षक बि.सी.ले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार