तिर्थराज ज्ञवाली
देउखुरी दाङ : राप्ती गाउँपालिका विपद् ब्यवस्थापन समिति क्राईसेस म्यानेजमेन्ट कमिटिको विहिवार बसेको बैठकले सरोकार वालाहरुसंग छलफल गरि कोरोना समुदायमा पुग्न सक्ने सम्भावना रोक्न गाउँपालिका क्षेत्रका ३ वटा वडामा पर्ने गाउँहरुलाई शिल गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरना भाइरसको संक्रमण समुदायमा बढ्न सक्ने भएकोले सम्भावीत संक्रमणको जोखीम क्षेत्रलाई शिल गर्ने निर्णय गरेका हौ राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।
केहि दिन पहिले कोरना संक्रमित पत्ता लागेको गाउँमा थप संक्रमणको अवस्था लाई रोक्न बैठक बाट यस्तो निर्णय गरिएको र यो निर्णयले समुदायलाई कोरना बाट सुरक्षित राख्न सहयोग पुग्ने आशा राखीएको समेत उनले बताए । गाउँपालिकाको वडा नं १, ४ र ८ नं वडाका भालुवाङ, पुल्चोक बजार क्षेत्र, पुरानो बजार, पाखापानी, कोहलुवा, बुडिचौर, मौरिघाट गाउँलाई १२ गते राति बाट अर्को सुचना नगर्दा सम्मलाई पुर्ण रुपले प्रहरी प्रशासनको सहयोगमा शिल गरि आवत जावत बन्द गर्ने तथा अटेर गर्नेलाई नियन्त्रणमा लिने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले दिए ।
साथै गाउँपालिका क्षेत्रमा यातायातका सवारी साधन समेत बन्द गर्ने निर्णय गरिएको छ । कमिटिको निर्णय अनुसार सबै खाले बस, टेम्पु, माईक्रो, टेक्टर लगायत सबै सवारी साधन पुर्ण रुपले बन्द गरिने निर्णय भएको छ । अत्यावस्यक एम्वुलेन्स भने सहि कारण सहित सञ्चालनमा आउन सक्ने समेत प्रमुख प्रशासकिय अधिकृत रिजालले जानकारी दिए ।
गाउँपालिकाको क्षेत्रमा पछिल्लो समयमा पुनंः कोरना संक्रमितको संख्या देखीन थालेको र सो संक्रमण समुदायमा समेत छिरेको सम्भावनाका कारण गाउँपालिकाले बन्दाबन्दीको निर्णय लिनु परेको हुदा कार्यालयको सेवा समेत अर्को सुचना नहुदासम्मको लागि स्थगित गरिएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिए ।
साथै वडाहरुले कोरना बाट बच्नको लागि सन्देशहरु प्रवाह गरि नागरिकलाई भयभित नभई सजग रहन अनुरोध गर्ने समेत उनले बताए । जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दिको अवस्थालाई निरन्तरता दिन विद्यालय पुर्ण रुपले हाललाई बन्द राख्ने अनुरोध गरेको र राप्तीमा स्वास्थ्य सेवा लाई सावधानीका साथ सञ्चालनमै राख्ने समेत निर्णय गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।
गाउँपालिकामा केहि दिन पहिले ३ जनामा कोरोना संक्रमण देखीएको र ति तिन जना चेकजाच पुर्व होम क्वारेन्टाइनमा बस्दै आएकोमा लापरवाहीका साथ बाहिर निस्कीएको जनाईएको छ ।