दाङमा हालसम्म ७४७ जनामा कोरोना पुष्टि, ६८१ जना निको भए

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ११ गते बिहिवार


दाङ : दाङमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । बुधवार जिल्लामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ति मध्य धेरै समुदायस्तरका ब्यक्तिहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । घोराहीमा ९ र तुलसीपुरमा ७ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । तुलसीपुरमा इलाका प्रशासन कार्यालय तुलसीपुरका सवारी चालक, तुलसीपुर ११ बेलटाकुराका स्वास्थ्यकर्मी र अन्य २ जना ब्यक्तिमा कन्ट्रयाक टे«सिङ गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए । साथै केहीमा कोरोनाको लक्षण देखिएको समेत उनले बताए ।

त्यसैगरी घोराहीमा संक्रमण पुष्टि भएका ९ जना ४ जना बैंकका कर्मचारीहरु रहेका छन । घोराहीमा रहेको सांग्रीला बैंकका ३ जना लक्ष्मी बैंकका १ जनामा कोरोना संक्रमण पुष्टि भएको घोराही उपमहानगरका स्वास्थ्य संयोजक नारायण घर्तीले बताए । त्यसैगरी अन्य संक्रमितहरु कन्ट्रयाक टे«सिङ गर्दा भेटिएको उनले बताए । यस अघि घोराही १५ हस्पिटल रोडमा रहेको लक्ष्मी बैकको एक्सटेन्सन काउण्टरका ३ जना कर्मचारी र कर्णाली बैंकका एक जना कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।

जिल्लामा हाल सम्म ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य ६८१ जना निको भएर डिस्चार्ज भएका छन ,भने ६१ जना संक्रिय संक्रमितहरु कोरोना विशेष अस्पातल, आइसोलेसन सेन्टर, होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी कोरोना भाईरस संक्रमणको जोखिम बढेपछि दाङमा आज विहीवार देखी सवारी साधनमा जोरविजोर प्रणाली लागू भएको छ । स्थानिय प्रशासनले बढ्दो संक्रमणलाई मध्येनजर गर्दै सवारी साधनमा यस्तो नियम लागु गरेको छ । गएको साउन ८ गते देखी जिल्लामा छोटो दुरीका सार्वजनिक यातायातका साधन संचालनमा आएका छन । जसले गर्दा सडक तथा बजारमा सवारी साधनको अत्यधिक चाप बढेको छ ।

सवारी साधनको चाप बढेपछि भिडभाड पनि बढि हुने गरेको भन्दै सार्वजनिक तथा निजि नम्वर प्लेडका साना तथा ठुला जुनसुकै गाडीमा जोर विजोर प्रणाली लागु हुने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुनै पनि सवारी साधनको नम्वर प्लेटमा भएको अन्तिम अंकको आधारमा जोरविजोर नियम लागु हुने छ । जोर गतेका दिन जोर नम्वर प्लेड र विजोर गतेका दिन विजोर नम्वर प्लेड भएका सवारी साधन चल्न पाउने छन ।

नियमको उल्लङघन गरेमा कारवाही गरीनेले जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए । यसका लागी ट्राफिक प्रहरी परिचालन गरी जिल्लाका विभिन्न स्थानमा कडाईका साथै चेकजाँच हुने बताईएको छ । नियमको पालना भए नभएको बारेमा अनुगमन समेत गरिने उनले बताए । जिल्लामा रातको समय निषेद्याज्ञा समेत जारी छ । साँझ ७ बजेदेखी विहान ५ बजेसम्म जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार