तुलसीपुर : तुलसीपुर इलाका प्रशासन कार्यालयका सवारी चालकलाई कोरोना पुष्टि भएको छ । बुधवार तुलसीपुरमा समुदायस्तरमा ४ जनामा कोरोना पुष्टि भएको थियो । त्यसैगरी तुलसीपुरमा पहिलो पटक स्वास्थ्यकर्मीलाई पनि कोरोना देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर ११ बेलटाकुरा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उपमहानरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।
तुलसीपुर उपमहानरबाट भदौ ७ गते १०३ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाएको ७ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । यता तुलसीपुरमा समुदायस्तरमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकामा आपतकालिन बैठक बसेको थियो । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले तत्काल कोरोना परिक्षणको दायरा बढाउने निर्णय गरेको छ । यसका साथै संक्रमण देखिएका कार्यालयहरु पूर्ण रुपमा शिल गर्नका लागि सम्वन्धित निकायसँग पहल गर्ने निर्णय समेत गरिएको छ ।
तुलसीपुर ईलाका प्रशासन कार्यालयका चालकमा कोरोना संक्रमण भएपछि कम्तीमा ७ दिनसम्म कार्यालय सिल गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुरा भएको नगरप्रमुख पाण्डेले बताए । उनले वडा नं. ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि उक्त स्वास्थ्य चौकी पनि सिल गरिने उनले जानकारी दिए । साथै उपमहानगरमो ठूलो परिमाणमा सामुदायिकस्तरमा कोरोना परिक्षण गरेर के गर्ने भन्ने निर्णय गर्ने समेत उनले बताए । ‘ अहिलेलाई तत्काल कन्ट्याक्ट टे«सिङ्ग र सामुदायिक स्तरमा धेरै संख्यामा परिक्षण गरिने छ, त्यसपछिको नतिजाले के गर्ने भन्ने निर्णय हुने छ,’ उनले भने ।
उनले समुदायमा कोरोना परिक्षणको तत्काल प्रक्रिया अगाडि बढाइएको भन्दैसंक्रमणको अवस्था हेरेर लकडाउनको अवस्थामा हेरेफेर गरिने समेत बताए । बुधवार तुलसीपुरमा ४ जना समुदायस्तरका र ३ जना क्वारेन्टाइनमा बसेका गरी ७ जनामा कोरोना पुष्टि भएको छ । कन्ट्याक्ट टे«सिङका आधारमा परिक्षण गरिएका घरमै बसेका एकजना, काठमाडौबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका एक कोरोना संक्रमण देखिएको फोकल पर्सन केसीले जानकारी दिए ।