करणी मुद्धामा दोषि ठहर भई फरार भएका एक जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १० गते बुधवार


दाङ : दाङमा प्रहरीले जवरजस्ती करणी मुद्धामा दोषि ठहर भई फरार भएका एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका ३ का २६ बर्षीय सन्दिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चौधरीलाई सर्वोच्च अदालतले २०७३ भदौ २७ गते सामुहिक जवरजस्ती करणी मुद्धामा दोषि ठहर गदै १० वर्ष ३ महिना १९ दिन कैद सजायको फैसला गरेको थियो ।

सोहि मिति देखी फरार भएका चौधरीलाई खोजतलास गर्ने क्रममा सोहि वडाको मसुरियाबाट मंगलवार पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए । पक्राउ परेका चौधरीलाई सजाय भुक्तान गर्नका लागी दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराईएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार