दाङमा बढि मुल्यमा युरिया मल विक्री गर्ने ३ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १० गते बुधवार

दाङ : दाङमा प्रहरीले बजार मूल्य भन्दा तेब्बर बढी मूल्यमा यूरिया मेल बेच्ने ३ व्यापारी पक्राउ गरेको छ ।  गढवा गाउँपालिका ५ का सुनिल पोखरेल, वडा नं. ६ का राज कुमार गुप्ता र सोही ठाउँका युवराज पाण्डेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिए ।

उनीहरुले आफ्नो पसलवाट बजारमा प्रतिबोरा ७ सय २१ रुपैंयामा पर्ने यूरिया मल प्रतिबोरा २ हजार ४ सयका दरले विक्रि गर्दै आएको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालयवाट खटिएको संयुक्त अनुगमन टोलीले साउन २२ गते उनीहरुलाई पक्राउ गरेको थियो ।

सर्वसाधारण उपभोक्तालाई ठगी गरेकाले उनीहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार कारवाही सुरु भएको प्रवक्ता खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार