दाङ : दाङमा रातको समयमा जारी निषेद्याज्ञा अर्को सूचना नभए सम्मका लागि थप गरिएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै भदौ १ गतेदेखि ८ गतेसम्म साँझ ७ बजेदेखि बिहान ५ बजे सम्म निषेधाज्ञा जारी गरिएको थियो । मंगलवार जिल्ला प्रशासन कार्यालय दाङमा बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि अर्काे सुचना नभए सम्म निशेधाज्ञाको समय थप गरेको हो । वैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
यस्तै वैठकले भदौ ११ गतेदेखि जिल्लाभर लागू हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोड बिजोड प्रणाली लागू गर्ने निर्णय गरेको वैठकमा सहभागि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले बताए । बजार लगाएतका स्थानमा स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई नगद तथा अन्य कारबाही गर्ने निर्णय गरेको उनले बताए । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा स्थानियतहका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघ लगाएतको उपस्थितिमा बसेको वैठकको थियो । वैठकले बजारलाई व्यवस्थित गर्नका लागि व्यवसायी तथा ग्राहक सबैले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्ने, छेकबार बनाउने, प्रचार प्रसारका लागि माइकिङ, सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ ।
वैठकले सबै स्थानियतहमा क्वारेन्टाइन, आइसोलेसनको व्यवस्था गर्ने, कन्ट्रयाक ट्रेसिङ, चेकजाँच बढाउने निर्णय गरेको छ । साथै बढी भिडभाड हुने बैंकिङ क्षेत्र, मालपोत लगाएतका कार्यालयहरुमा हुने काम कारबाही व्यवस्थित गर्ने, सबै कार्यालयमा अनिवार्य माक्स प्रयोग गरेर मात्र सेवा ग्राहीहरुको प्रवेश व्यवस्था मिलाउने लगाएतका निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । साथै जिल्लालाई कोभिडबाट मुक्त राख्नका लागि रातको समय पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रण मूखी उपाएको खोजि गरिएको उनले जानकारी दिए ।