१० बुँदे परिक्षण निर्देशिका अनुसार कोभिड बिरुद्ध : निर्देशक डा.गिरी

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ९ गते मङ्गलवार

सुशिल बस्नेत

तुलसीपुर : कोभिड –१९ रोकथाम र नियन्त्रणका लागि प्रदेश ५ को रणनीतिक योजना,कार्यान्वन र चूनौति बिषयक भर्चुअल मार्फतको सम्बाद मंगलबार भएको छ । संबाद समूह प्रदेश नम्वर ५ सचिवालयको आयोजनामा भएको भर्चुअल मार्फतको संबादमा सामाजिक बिकास मन्त्रालय,प्रदेश नम्वर ५का स्वास्थ निर्देशक डाक्टर बिनोद गिरीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि १० बुँदे निर्देशिका बनाई काम भईरहेको जानकारी दिए ।

उनले सोही निर्देशीका अनुसार कुन कुन क्षेत्रका ब्यक्तिको स्वाव टेष्ट गर्ने,कति दिन सेल्फ क्वारेन्टाईनमा बस्ने लगायतका उल्लेख भएको बताए।उनले कोरोना भाइरस संक्रमण समुदाय सम्म फैलन नदिन केस स्टडीको तयारी शुरु हुन लागेको जानकारी दिए । अब अक्सीजन सहितको बेड भएको स्वास्थ्य संस्था बनाउने तयारीमा जुटेको बताए । अक्सीजन र मनिटर भएका बेड बनाउने तयारीमा जुटेको प्रदेश सरकारले ठुलो संख्यामा भेन्टीलेटरमा राख्न सकिने अबस्था आएमा समस्या नहुने डा. गिरीले जानकारी दिए।

जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकरप्रसाद चौधरी र शिवराज नगरपालिका कपिलबस्तुका उपप्रमुख शिबकुमारी चौधरीले प्रबिधिमा आएको समस्याका कारण भनाई राख्न असर्मथ भएका थिए, भने सन्धीखर्क नगरपालिका अर्घाखाचीका उपप्रमुख डाकुर बिक र धुर्कोट गाँउपालिकाका प्रमुख भुपाल पोख्रेलले प्रदेश सरकारले संघिय सरकार र स्थानीय तहको हरेक क्रियाकलापलाई जोड्न प्रभाबकारी भूमिका खेल्नुपर्ने सुझाब दिए । तथापि,स्थानीय तहले कोभिड –१९ रोकथाम र नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको बताए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजजंग शाह र पुथा उत्तरगंगा गाँउपालिका रुकुम पूर्बका स्वास्थ्य शाखा प्रमुख समिर गिरीले प्रबिधिका कारण कुरा राख्न असमर्थ भएका थिए, भने शान्तिनगर गाँउपालिका दाङका स्वास्थ्य शाखा प्रमुख हरि पुनले संक्रमन बढ्न नदिन भारतबाट आउने मानिसहरुलाई होल्डीङ सेन्टरमा राखेकालाई सिधै पालिका सम्म पु¥याउनुपर्ने सुझाब दिए ।

पश्चिम नवलपरासीका महिला अधिकारकर्मी राधा खत्री, प्युठानका रेडियोकर्मी भूवन सुनार, रोल्पाका पत्रकार कविता उपाध्याय र पाल्पाका पत्रकार सिता डोटेलले भर्चुअल मार्फतको संबादका भाग लिएका थिए ।
कार्यक्रमको सहजिकरण संबाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत र बुटवलका फोकल पर्सन बिक्रम खड्काले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार