तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय धरौटीमा रिहा

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ९ गते मङ्गलवार

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय १५ लाख धरौटीमा रिहा भएका छन् । गएको साउन १६ गते नगद र बैंकमा जम्मा गरेको भौचर सहित उनी पक्राउ परेका थिए ।

अखितयार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दाङ हुदै काठमाडौ जादै गर्दा गएको साउन १६ गते राती नागढुगाबाट स्रोत नखुलेको रकम भन्दै पक्राउ गरेको थियो ।पक्राउ परेका अधिकृत उपााध्यय विरुद्ध आयोगले दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार विनार ऐन र मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम जमानतामा रिहा गरेको हो ।

आयोगका अनुसार उनलाई तिन महिना सम्म निलम्वन गरिएको छ ।आयोगको टोलीले प्रमुख प्रशासकिय अधिकृत उपाध्यायलाई उनी चढेको सरकारी गाडी बा २ झ ४०९९ नम्बरलाई रोकि जाँच गर्दा उक्त श्रोत नखुलेको १४ लाख ४८ हजार ७९६ रूपैयाँसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार