कपिलवस्तु : तौलिहवामा मंगलबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये आठजना कर्मचारी, दुईजना पत्रकार, तीनजना शिक्षक, दुईजना मेडिकल सञ्चालक, एकजना नेपाली कांग्रेसका महासमिति सदस्य लगायतका रहेका छन्। विद्घुत, मालपोत, वडा कार्यालयका कर्मचारीहरु संक्रमित भएका हुन।
संक्रमितहरु २२ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेका छन्। यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या १ हजार ६५ पुगेको छ । मंगलवार पुष्टी भएका संक्रमित सबै तौलिहवाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस