प्युठान : प्युठानमा सौचालय जाने क्रममा लडि एक सशस्त्र प्रहरी बरिष्ठ हवल्दारको मृत्यु भएको छ । सोमवार राती साढे १० बजेतिर प्युठान नगरपालिका २ साडेखोला निवासी ३५ बर्षीय हवल्दार दोर्ण कुमार विष्टको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
विष्ट आफ्नै घरको सौचालय जाने क्रममा लड्दा टाउँकोमा चोट लागी घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । विष्ट सशस्त्र प्रहरी बल नं.१६ गण सिन्धुपाल्चोक दरबन्दी भई घर आएका थिए । घटनाको बारेमा ईप्रका विजुवारबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता एवं एसएसपी राज कुमार बैदवारले जानकारी दिए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस