नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जना कोरोना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ८ गते सोमवार

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार २ सय ३४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९७ पुरुष र २ सय ४६ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोराना भाइरस संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

उपत्यकामा थप २ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौंका १ सय ७७, ललितपुरका ३३ र भक्तपुरका १४ जना रहेका छन् । त्यस्तै मोरङमा ३१, सुनसरीमा २३, पर्साका ३४, बारामा ९४, कैलालीमा ८९, चितवनमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र बारामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ ।

अहिले देशभरि १३ हजार ७ सय १५ जनामा सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरूमध्ये ४ हजार ५ सय ६१ जना घरमै र बाँकी ९ हजार १ सय ५४ जना आइसोलेशनमा रहेका छन् । सक्रिय संक्रमितमध्ये १ सय ३२ जना सघन उपचार कक्षमा र १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ सय ७५ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १८ हजार ८०६ संक्रमित निको भएका छन् । अहिले देशभरि क्वारन्टीनमा ११ हजार २ सय ७५ जना छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार