दाङ : नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रदेश सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माले विकास र समृद्धिसंग जनतालाई जोड्न पार्टी कमिटि परिचालीत हुनुपर्ने बताए । (नेकपा) घोराही उपमहानगरपालिका ३ वडा कमिटिले मुसोटमा आयोजना गरेको पुर्नमिलन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत रहेका शर्माले जनताको जीवनस्तर उठाउनैका लागी सरकारले योजनाहरु ल्याएको र ती योजनासंग जनतालाई जोड्न पार्टी संगठन परिचालीत हुनुपर्ने बताए ।
‘ सन्तुलीत आर्थिक विकासको अवधारण अनुसार सरकार अघी बढेको छ । मैले पहिले देखीनै यही अवधारणा अनुसार प्राथमिकताहरु निर्धारण गरेको छु’उनले भने,‘ ठगिएका वस्ती, ठगिएका जनता । कहिल्यै विकास नपुगेको ठाउँ मेरो प्राथमिकता हो । सोही अनुसार काम गरिरहेको छु ।’ (नेकपा) वडा कमिटिका अध्यक्ष सुमन रोकाको अध्यक्षता तथा प्रदेश सचिवालय सदस्य तथा सांसद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा (नेकपा )छाडेर केही समय अघी नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई पुनः (नेकपा) पार्टीमा स्वागत तथा पुर्नमिलन गराइएको छ ।
कार्यक्रममा (नेकपा) घोराही उपमहानगरपालिकाका अध्यक्ष राममणी पाण्डे, जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकी, विश्व आचार्य, वसन्तराज अधिकार(विश्व) लगाएतको बिशेष उपस्थीतीमा कार्यक्रम गरिएको हो । भिमबहादुर पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा कमिटि सचिव रामबहादुर केसीले गरेका थिए ।