काठमाडौँ : कोरोना संत्रास बढ्दै गैरहँदा समाजमा अग्रपंक्तिमा उभिएर कामगर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुप्रति बढ्दो सामाजिक असहिष्णुता अन्त्य गर्न बिभिन्न स्थानमा डाक्टरहरु प्रति भएको दूब्यवहार जिम्मेवारहरु प्रति कानूनी कारवाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा आज प्रदर्शन गरेको छ ।
स्वास्थ्यकर्मीको सम्मान गरौं, सुरक्षाकर्मीलाई सहयोग गरौं, संचारकर्मीलाई संरक्षण गरौं, सर्वत्र सद्भाव प्रदर्शन गरौं भन्ने आग्रहका साथ काठमाडौंको जोरपाटीमा आयोजना गरिएको प्रदर्शनीमा संस्थाका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं र काठमाडौं शाखाका सभापति जगन्नाथ पुडासैनीले संकटको समयमा अधिकतम धैर्यता अपनाउन सबैमा आग्रह गरेका थिए ।
स्वास्थ्य, सुरक्षा र संचारक्षेत्र ज्यादा संबेदनशील रहेको र उनीहरुको कर्मप्रति मुक्तकण्ठले प्रशंसा गर्दै उनीहरुको भावनाको कदरगर्न समेत आग्रह गरिएको थियो । संक्षिप्त प्रदर्शनमा डेढ दर्जन अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन केन्द्रिय कोषाध्यक्ष रामकृष्ण बरालले गरेका थिए ।