दाङ : दाङमा खोलाले बगाउँदा ३ जना घाईते भएका छन । शान्तिनगरको बौलाह खोलाले बगाउँदा तुलसीपुर १६ डुरुवाकी २६ बर्षीय बिना बस्नेत र उनका ८ बर्षीय छोरा निशान बस्नेत र शान्तिनगर २ अमुवाका २२ बर्षीय विकास बुढाथोकीलाई खोलाले बगाएको थियो ।
बिहीवार बेलुका ७ बजेतिर रा ३ प ८७२१ नम्बरको मोटरसाइकलमा खोला तर्ने क्रममा खोलाले करिब ३ मिटर तल सम्म उनीहरु बगाएको थियो । उनीहरुलाई प्रहरी, स्थानियले उद्धार गरेका थिए । घाईते मध्य विनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था सामान्य रहेको ५ नम्बर प्रहरी प्रदेश कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
उनको अहिले बाँकेको कोहलपुर उपचार भइरहेको प्रहरीले जनाएको छ । विना तिज मान्न माइत जाँदै थिइन् । मोटरसाइकलाई भने खोलाले बगाएको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।