दंगीशरण : दंगीशरण गाउँपालिका १ फुर्केसल्लीमा शिव मन्दिरको उद्घाटन गरिएको छ । मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष दुजा बुढा मगरको अध्यक्षता एवं नेपाली कांग्रेस क्षेत्र नं. ३ का उपसभापति प्रमोद बस्नेतको प्रमुख आतिथ्यतामा भएको मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेतले स्थानियतहमा जनप्रतिनिधीहरु आएको ३ बर्ष हुदाँ पनि यहाँ नागरिकहरु अझै विभिन्न सुविधाबाट बञ्चित भएको भन्दै त्यसतर्फ स्थानिय सरकारले ध्यान दिनु पर्ने बताए ।
उनले अहिले पनि यहाँ संचार, मोटर बाटो जस्ता कारणले नागरिकहरुले सास्ती भोगेको भन्दै त्यसका लागी आफुले विभिन्न निकायमा पहल गर्नुका साथै ब्यक्ति रुपमा सहयोग गर्ने समेत बतए ।
उनले फुर्केसल्लीमा शिव मन्दिरको स्थापनासंगै धार्मिक सहिष्णुता बढ्नुका साथै यहाँको पर्यटकीय क्षेत्र बन्न सक्ने उनले बताए । कार्यक्रममा नेपाली कांग्रेस दंगीशरण गाउँपालिका सचिव नन्दराम केसी, रमेश भण्डारी, नेविसंघका नेता नविन विक्रम वली लगाएतकाले मन्तब्य राखेका थिए । गोपाल चन्दको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सुवास वलीले गरेका थिए ।