दाङ : प्रदेश ५ सरकारले थारु समुदायको महत्वपूर्ण पर्व बड्का अट्वारीमा ३ जिल्लाका सम्वन्धित समुदायलाई एक दिन सार्वजनिक विदा दिने भएको छ । २०७७ बैशाख १० गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार यदि भदौ ७ गते आइतवार बड्का अट्वारी पर्वमा सार्वजनिक विदा दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
दाङ, बाँके र बर्दियाका सम्वन्धित समुदायका लागि सार्वजनिक विदा दिइने मन्त्रालयका उपसचिव माधवराज मरासिनीले सुचना जारी गरी जानकारी दिएका छन् । थारु समुदायले बड्का अट्वारी पर्वमा सार्वजनिक विदाका लागि माग गर्दै आएका थिए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस