सार्वजनिक सुनुवाई कार्यक्रममा योजना तथा कार्यक्रमको सार्वजनिकरण

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३ गते बुधवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ  : सुशासन, पारदर्शिता र जवाफ देहिताका लागि राप्ती गाउँपालिका वडा नं २ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०७६÷७७ को योजना तथा कार्यक्रमको समिक्षा गर्दै यस आर्थिक वर्ष २०७७/ ७८ को योजना तथा कार्यक्रमको वडा नं २ ले समाजिक दुरी कायम राख्दै सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिकरण गरेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गत वर्षका सम्पुर्ण योजनाको रकम, कार्य प्रगति, हुन नसकेको कामका कारण, कोभिड १९ को प्रभाव तथा वडाबाट खर्च भएको विवरण लगायतका विषयमामा वडा अध्यक्ष जगत बहादुर थापाले उपस्थीत सेवाग्राहि तथा सरेकारवालाहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा वडा कार्यालयले प्रदान गरेका सेवा आ.व. २०७६/ ७७मा सम्पादन भएका कामहरुको वारेमा जानकारी गरिएको छ । गत वर्षमा वडाले नागरिकता तथा नागरिकताको प्रतिलिपीे सिफारिस १५१ वटा, जन्मदर्ता , मृत्युदर्ता, बसाइसराई दर्ता, विवाह दता, सम्बन्ध विच्छेद दर्र्ता, अन्य सिफारिसहरु, लिखत प्रमाणित तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम नविकरण गरिएको संख्या जानकारी गरिएको थियो । गाउँपालिकाको कृषि तथा पशुसेवा शाखाका कार्यक्रम, मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लगायतका कार्यक्रम कार्यान्वयनमा सहजीकरण गरिएको समेत जानकारी गरिएको थियो ।

वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षता तथा प्रदेश नं ५ सदस्य माननिय ईन्द्रजित थारुको प्रमुख आथित्यता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको समिक्षा , सार्वजनिकरण र सार्वजनिक सुनुवाई कार्यक्रम मा गत वर्षको योजना तथा कार्यक्रमका वारेमा बुदागत रुपमा जानकरी गरिएको छ । गत आर्थिक वर्षमा भूमि कर मालपोत वाट ३ लाख ६ हजार २ सय ५४ रुपैया र गैर कर नगदी वाट ४ लाख ६४ हजार १ सय ७० रुपैया आम्दानि भएको समेत जानकारी गरिएको छ ।

 

,

 

,

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार