विभिन्न घटनामा संलग्न भइ फरार रहेका १८ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३ गते बुधवार

दाङ : दाङमा प्रहरीले विभिन्न घटनामा संलग्न भइ फरार रहेका १८ जनालाई पक्राउ गरेको छ । २०७७ बैशाख महिनादेखि हालसम्म विभिन्न मितीमा १८ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ति मध्ये ९ जना अदालतले फैसला गरी कैद तोकिएका हुन ।

कैद फैसला भएका चोरी मुद्धामा विक्रम नेपाली र हरि बहादुर नेपाली, कर्तब्य ज्यान अन्र्तगत पूर्ण प्रसाद चौधरी, सन्तुराम चौधरी, लेनदेन अन्तर्गत पूर्ण बहादुर भण्डारी र गिता डाँगी, जवरजस्ती करणीमा शरद शिलवाल, गालि बेईजतीमा मनिषा पाण्डे धिताल र चेक अनादार धनमाया बुढा रहेको कार्यालयका प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिए ।

त्यसैगरी विभिन्न मुद्धामा फरार भएका नागरिकता सम्बन्धी कसुरमा हिरालाल दमाई, जवरजस्ती करणमा सचित मल्ल, सार्बजनिक शान्ति विरुद्ध कसुरमा साजन भण्डारी, पशुपंक्षि कसुर सम्बन्धमा गोपाल विक, हातहतियार तथा खरखजानामा दिल बहादुर बुढामगर , अपराधिक लाभ(एक्सटर्सन)मा जनक विष्ट, पुरुषोत्तम योगी, जवरजस्ती करणी उद्योगमा खिम बहादुर वली र बैकिंङ कसुरमा प्रेम बहादुर बस्नेतलाई पक्राउ गरिएको प्रवक्ता खड्काले जानकारी दिए  । त्यसैगरी दोषी ठहरिएकाहरुलाई कैद तथा अन्यलाई हिरासतमा राखेर मुद्धा चलाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार