दाङमा पानीमा डुवेर २ बालिकाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २ गते मङ्गलवार

दाङ  : दाङमा पानीमा डुवेर २ बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १७ गैरागाउँ निवासी मनोज चौधरीको १५ महिनाको छोरी आस्था चौधरीको मृत्यु भएको छ । सोमवार बेलुका साढे ५ बजेतिर घर नजिकै खेल्ने क्रममा कुलोमा डुवेर पछि उनको उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजादै गर्दा बाटोमै मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

त्यस्तै गढवा गाउँपालिका ४ खजरौटा निवासी मोहमरजा मियाकी १ बर्षीया छोरी सल्माखातुन मियाको सोमवार बेलुका डुवेर मृत्यु भएको छ । खातुन घरको आगनमा राखेको बाल्टिको पानीमा डुवेर घाईते भएपछि उनको स्थानिय मेडिकलमा उपचारको क्रममा सोमवार साझाँ ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार