यसरी हेर्न सकिन्छ एसईई परीक्षाको नतिजा

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १ गते सोमवार

काठमाडौंः  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । बोर्डका अनुसार आज दिउँसोदेखि बैठक बसेर नतिजा सार्वजनिक गरिएको हो ।   विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार पारेको र सोहि बमोजिम नतिजा सार्वजनिक भएको हो । ४ लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको परीक्षा बोर्डले जनाएको छ ।

शैक्षिक सत्र २०७६ मा एसइईका लागि ४ लाख ८२ हजार जनाले फारम भरेका थिए।  ४ लाख ८२ हजार विद्यार्थीले फारम भरे पनि ४ लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको छ ।

नतिजा नेपाल टेलिकमको मोबाइलबाट एसइईपछि सङ्केत नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर परिणाम थाहा पाउन सकिने जनाएको छ । नतिजा हेर्नका लागि (seesymbol no) टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अङ्क मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।

यो बाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ । साथै, टेलिकमको बेवसाइट see.ntc.net.np मा लग इन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार