काठमाडौं, १ भदौ : नेपालमा सोमबार थप ५ सय ८१ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा १ सय ७३ जना महिला र ४ सय ८ जना पुरुषमा संक्रमण देखिएको हो ।सोमबार उपत्यकामा १ सय ६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १ सय ९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
देशभरीका आइसियुमा १ सय १३ जना उपचाररत रहेका छन् । आज देशभरीका आइसोलेसनमा ९ हजार ६ सय ३९ जना उपचाररत रहेका छन् । जसमा प्रदेश १ मा ९ सय १०, प्रदेश २ मा १ हजार ८ सय ६७, बागमती प्रदेशमा २ हजार २ सय १८ र गण्डकी प्रदेशमा २ सय ९७ जना, प्रदेश ५ मा ७ सय ३५, कर्णाली प्रदेशमा २ सय १२ र सुदूरपश्चिम प्रदेशमा ७ सय ९९ गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ३८ जना संक्रमित उपचाररत रहेका छन् । आज १ सय ६० जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । ।