सुशील बस्नेत
तुलसीपुर, १ भदौ : मालपोत कार्यालय तुलसीपुर दाङको आर्थिक बर्ष २०७६÷०७७ को एक बर्षको अबधिमा ११ हजार ८ सय ९२ थान रजिष्ट्रेशन भएका छन् । अन्य लिखत पारित संख्या ७ हजार ९ सय ९० थान र धितो लिखत पारित संख्या ३ हजार ९ सय २ थान भएका कार्यालय प्रमुख नरेश खड्काले जानकारी दिए । अन्य लिखत १० करोड ७४ लाख ६८ हजार ८०, धितो लिखत १ करोड ५३ लाख ८९ हजार ५ सय र अन्य शुल्क ४२ लाख ६ हजार ७ सय एक रुपैया गरि १२ करोड ६४ लाख ७० हजार २ सय ८१ रुपैया प्रदेश र स्थानियमा बाँडफाँड हुने राजश्व संकलन भएको छ ।
प्रदेश ५ मा गएका ४ करोड, ५० लाख १६ हजार ८ सय ७०, तुलसीपुर उपमहानगरपालिका ६ करोड, २८ लाख २४ हजार ८ सय १६, बबई गाउँपालिकामा १०लाख, ७६ हजार, २८ रुपैया, शान्तिनगर गाउँपालिकामा १७ लाख,६२ हजार,७ सय ७४र दंगिशरण गाउँपालिकामा १८ लाख,६१ हजार ,६ सय ८३ रुपैया, संघ(केन्द्र) मा जम्मा हुने राजश्व पूँजिगत लाभकर २ करोड,४९ लाख , ८८ हजार,१ सय ११ रुपैया बाँडफाँड गरिएको प्रमुख खड्काले जानकारी दिए ।
साथै १५ करोड,२० लाख,५२ हजार,३ सय ९२ रुपैया कुल राजश्व उठेको कार्यालयले जानकारी दिएको छ । त्यसैगरी कार्यालयमा श्रीमान श्रीमती बिचको सगोलनामा लिखत संख्या ४ वटा रहेका छन् । महिलाको नाममा मात्र पारित अन्य लिखत संख्या ४ हजार २ सय २० र पुरूषमात्र र महिला पुरूष सहितको लिखत संख्या ३ हजार ७ सय ७० वटा रहेको प्रमुख खड्काले जानकारी दिए । महिलाले आफ्नो नाममा पास गर्दा १ करोड , ८८ लाख ६३ हजार ,७ सय २५ हजार रुपैया छुट पाएको उनले बताए ।
मुद्दा तर्फ नामसारी मिसिल ३ सय ५३ वटा, संशोधन मिसिल ७४ वटा दाखेल खारेज मिसिल १ सय ७ वटा, श्रेस्ता कायम मिसिल ३५,घर कायम मिसिल २ सय १४,जम्मा फर्छ्यौट मिसिल ७ सय ८३ वटा निर्णय भएको उक्त कार्यालयले जनाएको छ ।