दाङमा ३ जना र रोल्पाका २ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ३२ गते आइतवार


दाङ : दाङमा आइवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमही नगरपालिका ७ स्थित सिमेन्ट उद्योगमा काम गर्ने मजदुरको स्वाव संकलन गरि परिक्षण गर्दा भारत घर भएका १९ र २४ बर्षीय पुरुष र कृष्णनगरका ४२ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

ति संक्रमित लगाएत करिब ४० जनाको टिम भारतबाट ८/९ दिन अगाडी आएको लमही नगरपालिका स्वास्थ्य शाखाका अधिकृत लोकराज पौडेलले जानकारी दिए । ‘ करिब ४० जना जति भारतबाट आएका रहेछन ,’ उनले भने,‘ तर उद्योगले उनीहरुलाई छुट्टै राखेको रहेछ । तर पनि हामीले उनीहरु बाहिर आएको हुन सक्ने भन्दै कन्ट्याक ट्रेसिङ गर्न लागेका छौँ ।’

दाङमा आज सम्म ७१४ जनामा कोरोना पुष्टि भएकोमा ६४९ जना निको भएर घर गएको प्रदेश ५ मामिला सुचना केन्द्र दाङका सहजकर्ता अरविन्द्र केसीले जानकारी दिए । अब कोरोना विशेष अस्पताल बेलझुण्डी, देउखुरीमा रहेको आइसोलेसन सेन्टर र र तुलसीपुर १९ नं. बाहिनीमा २९ जना नेपाली सेना गरी ६५ जना आसोलेसनमा उपचारर्थ रहेका छन् ।

साथै रोल्पामा २ जनामा कोरोना पुष्टि भएको छ । प्रतिष्ठानमा गरिएको परिक्षमा रुन्टीगढी गाउँपालिकाबाट आएको २१ जनाको स्वाब परिक्षण गर्दा वडा नं. २ का २१ बर्षीय पुरुष र रोल्पा लिवाङबाट आएको २८ जनाको स्वाब मध्य रोल्पा २ का उम्मेर नखुलेका १ पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिए ।

त्यसैगरी प्रतिष्ठानमा आज सम्म १६ हजार १५४ जनाको स्वाव परिक्षणको लागी आएकोमा १६ हजार ६८ जनाको परिक्षण भएको प्रतिष्ठानले जनाएको छ । जसमध्य ८१७ जनाको रिर्पोट पोजेटिभ आएको छ, भने १५ हजार २५१ जनाको रिर्पोट नेगेटिभ आएको बताइएको छ । साथै प्रतिष्ठानमा अब ८६ वटा संकलित नमुनाको परिक्षण गर्न बाँकी रहेको अस्पतालले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार