काठमाडौँ : आज रातिदेखि काठमाडौँमा पनि निषेधाज्ञा आदेश भएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज राति १२ बजेदेखि लागू हुनेगरी काठमाडौँभरि निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा भदौ १५ गते राति १२ बजेसम्मका लागि घोषणा गरिएको छ ।
कोरोना भाइरस संक्रमण बढेको र यसलाई नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएको काठमाडौँ प्रशासनले जनाएको छ । निषेधाज्ञामा बन्देज गरिएका गतिविधि गरेमा कारबाही गरिने पनि काठमाडौँ प्रशासनको चेतावनी छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस