तुलसीपुर निवासी केसी स्थानीय समन्वय बिभागको सचिव मनोनित

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २९ गते बिहिवार

तुलसीपुर :  दाङ तुलसीपुर निवासी नेपाली कांग्रेस नेता नहकुल केसी पार्टीको स्थानीय तह समन्वय बिभागको सचिवमा मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केसीलाई पार्टीको स्थानीय तह समन्वय बिभागको सचिवमा मनोनयन गरेका छन् । समितिका सदस्यमा मनोनित भएका उनलाई त्यस लगत्तै बिभागको सचिवमा मनोनित गरिएको हो ।

पार्टीर्ला थप सुदृढ एवं गतिशिल बनाउन महत्वपूर्ण योगदान हुने बिश्वासका साथ उनलाई सचिवमा मनोनयन गरिएको सभापति देउवाद्वरा हस्ताक्षरित पत्रमा उल्लेख छ । केसी गरिबी निबारण कोषको कार्यकारी निर्देशक भैसकेका छन्, भने सामाजिक तथा राजनीतिक गतिबिधिमा लामो समयदेखि क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार