दाङमा युरिया मल नपाउँदा किसान चिन्तित

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २९ गते बिहिवार


दाङ :  समय मै बर्षा हुदाँ दाङका किसानले यस बर्ष धान रोपाई समय मै सम्पन्न गरे । धान रोपाई गर्न बेला नेपालमा लकडाउन थियो । तर पनि मलको अभाव थिएन् । तर अहिले धान रोपेको महिनाँै दिन हुदाँ रासायनिक मल नपाउँदा किसानहरु दुखी भएका छन् । रोपको २० देखि २५ दिन भित्र धानमा युरिया मल हाल्नु पर्ने भएता पनि बजारमा मल नपाउँदा किसानहरु भौतारिएका छन् । गत बर्षको भन्दा यस बर्ष धान उत्पादन धेरै आंकल गरेका किसानहरुले मल नपाउँदा धान उत्पादन घट्नेमा चिन्ता ब्यक्त गरेका छन् ।

दाङको शान्तिनगर २ अमुवाका किसान नेव बहादुर खड्काले समय मै पानी पर्दा खेति राम्रो भएको भएता पनि अहिले मल नपाउँदा धान उत्पादनमा घट्ने चिन्ता ब्यक्त गरे । तर साउन महिना सम्म मल पाएमा धान हुने उनले बताए ।
‘ विगतका बर्षहरुमा भन्दा यस बर्ष धान उत्पादनमा धेरै बृद्धि होला भन्ने लागेको थियो,’ उनले भने,‘ तर मल नपाउँदा धान नै नहुनेको कि भन्ने चिन्ता लागेको छ । राज्यले किसानहरुलाई मल विउँ अनुदानमा दिन्छु भन्ने जति भाषण गरेपछि किसानहरुले केही पाउन सक्दैन् । हामी किसानहरु अब कसरी बाच्ने । ’

त्यसैगरी सोही ठाउँका अर्का किसान सेर बहादुर नेपालीले आफुले युरिया मल धान रोप्ने बेला पनि नपाएको र अहिले पनि नपाएको गुनासो गरे । उनले मलको लागी वडा कार्यालय लगाएत विभिन्न ठाउँमा गएको भएता पनि नपाएको गुनासो गरे ।
‘ पहिला मल हुने बेला पहुच भएका घर घरमा मल आयो,‘ उनले भने,‘तर हामी जस्ता किसानहरुले मल पाएनौं । न मैले रोप्न बेला मल पाए , न अहिले पाएको छु । नेताहरुले भोट माग्ने बेला तपाईरुको समस्या हाम्रो हो भन्ने अहिले किसानको लागी मल उपलब्ध बनाउन नसक्ने हामी किसानलाई कस्ले हो हेर्ने ।’

त्यसैगरी सोही ठाउँका अर्का किसान कृष्ण पौडेले रोपेको २२ देखि २५ दिन भित्र मल धानमा हाल्नु पर्ने भएता महिना दिन सम्म मल नपाउँदा धान पहेलो हुदै गएको बताए । उनले सरकारले दिने अनुदानको मल त पाईदैन, तर बजारमा मंहगो मुल्य हालेर किन्न खोज्दा समेत नपाइएको गुनासो गरे । अनुदानको युरिया मल एक बोरो एक हजार डिएपी २३ सम्म पर्दथ्यो ,’ उनले भने,‘ बजार मुल्य २५ सय देखि ३० हजार सम्म छ । त्यहि मुल्यमा किनेर ल्याउँ भन्दा पनि पाइदैन् । खेतमा गयो, पहेलो धान हेरेर घर फर्किनु बाहेक अरु कुनै विकल्प छैन् । ’ त्यसैगरी अर्का किसान नारायण बुढाथोकीले भने मल नपाउँदा किसानहरु मर्कामा परेको उनले बताए ।

उनले अनुदानमा युरियालाई १ हजार पर्ने र बजारमा २४ सय सम्म मुल्य रहेको भएता पनि नपाउँदा किसानहरुलाई समस्या भएको बताए । त्यसैगरी उनले मल समय मै पाएर धानमा हाल्न पाएको भए गत बर्षको भन्दा धेरै उत्पादन हुने बताए ।
यता किसानहरुले कहिले मल आउने भन्दै दैकिन रुपमा आफुहरुलाई फोन गर्ने गरेको परिर्वतन सहकारी तुलसीपुर ३ का ब्यवस्थापक प्रेम तिवारीले बताए । उनका अनुसार दैनिक सयौँ किसानहरुले मल कहिले आउँछ भने सोध्नु हुन्छ । तर कृषि सामाग्रीमा बुझ्दा भदौको पहिलो साता आउने जानकारी आउँछ । अहिले मल नपाएर किसानहरु धेरै समस्या छन् ।

‘धान रोप्ने बेला लकडाउन नै थियो,‘ उनले भने,‘ त्यति बेला मल सहज रुपमा पाइएको थियो । तर अहिले लकडाउन नभएको अवस्थामा पाउन सकिएको छैन् ।’ जिल्लामा कृषि सामाग्री लिमिटेड र साल्ट ट्रेडिङले अनुदानको मल वितरण गर्दै आएका छन् । सामाग्रीले ७० प्रतिसत र साल्ट ट्रेडिङले ३० प्रतिशत अनुदानको मल पाउने गरेका छन् ।

दाङमा कृषि सामाग्रीले तुलसीपुर घोराही र लमहीमा मल बिक्रि गर्ने गर्दछ, भने साल्ट ट्रेडिङले घोराही क्षेत्रका लागि मात्र बिक्रि गर्ने गरेको छ । सामाग्रीका अनुसार केही मात्रमा डिएपी र पोटास मल भए पनि युरिया मल अहिले सम्म आएको छैन् ।
भदौको पहिलो साता भित्र मल आउन सक्ने सामाग्रीले जनाएको छ । अहिले किसानहरु मल नपाउँदा समस्यामा रहेको र कोरोनामहामारीको कारण मल आउन ढिलाई भएको घोराहीमा रहेको कृषि सामाग्रीले जनाएको छ ।

त्यसैगरी जिल्लामा मंगलवार करिब १२ बोरा युरिया मल विरगंजबाट आएको साल्ट ट्रेडिङ घोराहीका प्रमुख आनन्द न्यौपानेले बताए । अब प्राप्त मात्रामा मल भदौको पहिलो हप्ता आउँछ । भारतको कलकत्ताबाट मल आउन लागेको उनले बताए ।

जिल्लामा यसबर्ष करिब ३५ सय हेक्टरमा धानखेति बढि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गत बर्ष ३७ हजार ७ सय १० हेक्टरमा भएको थियो । यस बर्ष समय मै पानी पर्नु र कोरोनाका कारणले बाहिर रहेका युवाहरु घर आएका कारणले पनि गत बर्षको तुलनामा यस बर्ष करिब ४१ हजार हेक्टरमा धान खेति भएको केन्द्रका प्रमुख शन्देश धितालले जानकारी दिए

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार