काठमाडौं, २९ साउन : नेपालमा कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १÷१ जना गरी ४ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षिया महिलाको साउन २८ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै अछामको रामारोशन गाउँपालिका ५ का १८ वर्षिय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुटुरोगबाट ग्रसित थिए । यस्तै मोरङको विराटनगर महानगरपालिका ३ का ५७ वर्षिय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए ।
यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको प्रवक्ता गौतमले बताए । क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।