स्वास्थ्य क्लिनिक भवनको पूर्व सभामुख महराले उद्घाटन गरे

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २९ गते बिहिवार

घोराही  :  घोराहीको नयाँ बजार शहरी स्वास्थ्य क्लिनिक भवनको उद्घाटन गरिएको छ । घोराही १४ नयाँ बजार स्थित तीनकुने चोकमा निर्माण गरिएको भवन प्रतिनिधी सभा सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका हुन् । महराको पूर्वाधार विकास कार्यक्रम अन्तरगत सासंद विकास कोषको ५० लाखको लागतमा ४ कोठे भवन र शौचालय निर्माण गरिएको हो ।

४ वटै कोठामा एसी सहित फर्निचर र स्वास्थ्य क्लिनिकका लागि आबश्यक पर्ने उपकरणहरु जडान गरिएको छ । भवन उद्घाटन गर्दै महराले राज्यले आफ्ना नागरिकलाई निशुल्क स्वास्थ्य सेवा पु¥र्याउँनु पर्ने वताए ।त्यस अबसरमा घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले  उपमहानरपालिका सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवा पु¥र्याउन प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको वताए । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भवन निर्माण समितिका अध्यक्ष दिलकुमारी बुढाले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार