बाँके : बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट ३० जना डिस्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन सेन्टरबाट ४ जना, लायन्स डेन्टल अस्पताल नेपालगन्जको आइसोलेसन सेन्टरबाट १३ जना, आन्तरिक राजश्व कार्यालय नेपालगन्जको आइसोलेसन सेन्टरबाट ११ जना र आदर्शनगर नेपालगन्जको आइसोलेसन सेन्टरबाट २ जना किरोना जितेर डिस्चार्ज भएका हुन् ।बाँकेमा ४ जना अन्य जिल्लाका समेत ६ सय ६७ जना कोरोना संक्रमित रहेकोमा ४ सय ३५ जना कोरोना जितेर डिस्चार्ज भैसकेका छन भने २ सय २९ जना बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा रहेका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस