तुलसीपुर : तुलसीपुरमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किदा ४ जना घाईते भएका छन् । बुधवार बिहान ८ बजेतिर तुलसीपुर ५ रौनियार चोकमा रा ३ प ७७६९ नम्बरको मोटरसाइकल र रा २ प ७४०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको ४ जना घाईते भएका छन् । घाइते हुनेमा रा ३ प ७७६९ नम्बरका मोटरसाइकल चालक तुलसीपुर ६ कालिका मन्दिर बस्ने १९ बर्षीय अब्दुल दुनिया र सोही मोटर साइकलमा सवार सोही ठाउँ बस्ने १९ बर्षीय अविषेक गुप्ता घाइते भएका छन् ।
घाइते दुनियाको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर भएकोले तुलसीपुर सिटी हस्पीटलमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज बाँके रेफर गरिएको प्रहरीले जनाएको छ । साथै गुप्ताको सिटी हस्पीटलमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै रा २ प ७४०३ मोटरसाइकल चालक तुलसीपुर ६ का २४ बर्षीय पंकज चौधरी र सोही मोटरसाइकलमा सवार सोही ठाउँकी २६ की सुजता चौधरी घाइते भएका छन् । मोटरसाइकलमा पछाडी सवार चौधरीको अवस्था गम्भीर रहेको छ । उनलाई टाउमा चोट लागेको र तुलसीपुर सिटी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज बाँके रेफर गरिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
चालक चौधरीको तुलसीपुर सिटी अस्पताल उपचार भइरहेको र अवस्था सामान्य रहेको समेत प्रहरीले जनाएको छ । त्यसैगरी आज विहान साढे ९ बजेतिर तुलसीपुर ६ गुल्मचोक स्थित तुलसीपुरबाट राजापुरतर्फ जादै गरेको रा ५ प ८८६ं नम्बरको बुमेट स्कुटीलाई सोही दिशातर्फ जादै गरेको त्रिवेणी गाउँपालिका सल्यान द्धारा संचालित रा १ ज १६२ नम्बरको एम्बुलेन्सले ठक्कर दिदाँ स्कुटी चालक तुलसीपर ६ का ३६ बर्षीय नोखीराम कामी घाईते भएका छन् ।
घाईते कामीको हात र खुट्टामा चोक लागेको उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईहरको प्रहरीले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स, चालक र स्कुटीलाई प्रहरीले नियन्त्रणमा लिएका छ ।