काठमाडौं : कोरोना संक्रमणका कारण एकै दिन ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका १२ टेकुका ७८ वर्षीया महिलाको किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । धनुषाका ७१ वर्षीय पुरुष, मेडिसिटी अस्पतालमा निधन भएको छ । यस्तै, धनुषाकै ३८ वर्षीया महिलाको पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निधन भएको छ ।
धादिङ जिल्ला निलकण्ठ नगरपालिका १४ का ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा निधन भएको हो । सप्तरीका ७२ वर्षीय पुरुषको पनि निधन भएको हो । मोरङका ५५ वर्षीय पुरुष बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निधन भएको छ ।
कपिलवस्तुका ४२ वर्षीय पुरुषको बुटवल कोरोना बिशेष अस्पतालमा निधन भएको हो । बारा कलैयाका का ७५ वर्षीय कोरोना संक्रमित पुरुषको किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । यो संगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ९१ पुगेको छ ।