राप्तीको छैठौ गाउँसभा सम्पन्न, ५५ करोड बढि बजेट पारित

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २८ गते बुधवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ :  राप्ती गाउँपालिकाको छैठा्रै गाउँसभा सम्पन्न भएको छ । गाँउपालिकाको छैठौ सभाको तेस्रो बैठकमा बार्षिक ५५ करोड २३ लाख १६ हजार ४ सय ९८ बजेट पारित गर्दै सभा सम्पन्न भएको हो । संघिय समानिकरण, संघिय शशर्त, संघिय समपुरक, प्रदेश शशर्त, प्रदेश विशेष, प्रदेश समपुरक,संघिय राजश्व बाँडफाड, प्रदेश राजश्व बाँडफाड, आन्तरिक श्रोत र गत बर्षको मौज्दात गरि यस आर्थिक वर्षको कुल बजेट पारीत गरिएको छ ।

गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको सभामा संसोधित बजेट पारित गर्दै गत वर्षको चालु ७६.२१ तथा पुजिगत तर्फ ६१.५१ प्रतिशतको वित्तीए प्रगति रहेको जानकारी गरिएको छ । गाउँपालिकाको वातावरण क्षेत्रमा कार्य गर्न सहजताको लागि वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धमा ब्यवस्थापन गर्न बनेको ऐन २०७७ पारित गरेको छ । सभाले आर्थिक ऐन २०७७ मा संसोधन सहित कवाडि करको न्युनतम ठेक्का रु २ लाख कायम गर्दै मालपोत कर संकलन तथा असुलिमा बजार क्षेत्र र राजमार्गको क्षेत्रको न्युनतम जग्गा एक कट्ठा मानिदै आएकोमा कर संकलन गर्न उत्पन्न भएको समस्यालाई राजश्व परामर्श समिति मार्फत छलफल गराई टुङ्गाउने अधिकार प्रत्यायोजन गरेको छ ।

सभामा बजेट उपर उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, विधेयक माथि विधेयक समिति संयोजक जगत बहादुर थापा, र आर्थिक ऐनमा सभाका सचिव तथा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले प्रस्ट पारेका थिए । गाउँपालिकाको छैठौ सभा तिन वटा बैठक सम्पन्न गर्दै समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार