कोरोना अस्पताल बुटवलमा उपचाररत दुई जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २८ गते बुधवार

बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत दुई जनाको मृत्यु भएको छ । उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका  २ तौलिहवाका ४२ वर्षीय र कृष्णनगरका २५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जसमा एक जनामा कोरोना पुष्टि भइसकेको छ, भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ। उनीहरु कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएको अस्पतालले जनाएको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले अनुसार दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो । मृतकमध्ये २५ बर्षिय पुरुष भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार