दाङमा अबैध लागु औषध ब्राउन सुगर सहित २ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २८ गते बुधवार


दाङ :  दाङमा प्रहरीले अबैध लागु औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । मंगलवार अप्राहन्न साढे ४ बजे ५५.७८० ग्राम ब्राउन सुगर सहित घोराही १५ का २३ बर्षीय रिहा जुदिन, सोही ठाउँका २२ बर्षीय अरमान धुनियालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

कोईलाबास देखी घोराही तर्फ लु ३१ प १५७८ नम्बरको स्कुटरमा ब्राउन सुगर ल्याउदै गरेको गोप्य सुचनाको आधारमा प्रहरीले गढवा गाउँपालिका ७ कोईलाबास लमही सडक खण्डमा चेक जाचँ गर्ने क्रममा धुनियाले हेलमेट भित्रमा कुलाई राखेको अवस्थामा उक्त लागु औषध भेटिएको प्रहरीले जनाएको छ । स्कुटर र २ जनालाई ईप्रका गढवामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार