कोरोना संक्रमणबाट जनकपुरका होटेल व्यवसायीको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २८ गते बुधवार

जनकपुर : जनकपुरका एक होटल व्यवसायी एवं पूर्व नगर प्रमुख कोरोना संक्रमणबाट मृत्यु भएको छ । २० दिनदेखि काठमाडौंमा उपचार गराइरहेका उनकाृे गएराति मृत्यु भएको हो । मुटु लगायतका रोगका विरामी उनीमा कोरोना पोजेटिभ देखिएको थियो । उनको अवस्था गम्भिर भएपछि उपचारका लागि काठमाडौ ल्याइएको थियो ।

कोरोना संक्रमणबाट धनुषामा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा उपचार गराइरहेकै बेला विदेह नगरपालिकाका ६० वर्षिय पुरुषको मंगलवार मृत्यु भएको थियो । आइतवार जनकपुरधामको कदमचौक स्थित विनय तारा फाउन्डेशन अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत एकजना पुरुषको पनि मृत्यु भएको थियो । एकसाता अघि धनुषाका शहीदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय एक युवकको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार