दाङमा मोटरसाइकलको ठक्करबाट पदैलयात्री घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २७ गते मङ्गलवार

दाङ :  दाङमा मोटरसाइकलको ठक्करबाट पदैलयात्री घाईते भएका छन् । मंगलवार विहान करिब ८ बजेतिर बा ४२ प १६३९ नम्बरको मोटरसाइकलले पदैलयात्री राप्ती गाउँपालिका ४ की २९ बर्षीय सबिना पाण्डेलाई ठक्कर दिदाँ घाईते भएकी हुन् ।

गढवा गाउँपालिका १ टहरा स्थित पूर्व पश्चिम राजमार्गमा कालाकाटेदेखि भालुवाङ तर्फ जादैँ गरेको मोटरसाइकल ठक्कर दिएको हो । घाईते पाण्डेलाई उपचारको लागी बुटवल पठाएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई जिप्रका दाङबाट थप अनुसन्धान भईरहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार