भरतपुर खानेपानीको अत्याधुनिक कार्यालय भवन शिलन्यास

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २७ गते मङ्गलवार


दाङ,  २६ साउन :  दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसरफाई संस्थाको अत्याधुनिक कार्यालय भवन शिलन्यास गरिएको छ । भरतपुर सह—लगानी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत करिव एक करोड रुपैयाको लागतमा निर्माण हुन लागेको दुई तले भवनको भरतपुर खानेपानी संस्थाका अध्यक्ष शंकर गौतमले भवनको शिलन्यास गरे ।

भरतपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र खानेपानी तथा ढल ब्यवस्थापन आयोजना बुटवलबिच भएको सह—लगानीको अवधारण अनुसार निर्माण भइरहेको खानेपानीको नयाँ योजना अनुसार निर्माण शुरु गरिएको कार्यालय भवनको मंगलवार संस्थाक अध्यक्ष शंकर गौतम, उपाध्याक्ष जंगबहादुर जि.सी र सचिव एकेन्द्र रानाले संयुक्त रुपमा पूजापाठ गरेका थिए ।

घोराही उपमहानगरपालिका वडा नं १५ र १७ का करिव २ दुइ हजार २ सय घरधुरीमा चौविसै घण्टा खानेपानीको धारो उपलब्ध गराउने गरी थालिएको आयोजनामा सरकारको ७० प्रतिशत र ३० प्रतिशत जनसहभागितामा लगानी रहेको छ । १८ करोड ४ लाख ४७ हजार ५८ रुपैया कुल लागत रहेको उक्त आयोजना आगामी २०७८ सालको असारसम्म सम्पन्न गर्ने गरी काम भइरहेको भरतपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शंकर गौतमले जानकारी दिए ।

करिव ४१ किलोमिटर नयाँ पाइपलाइन बिस्तार गरी बितरण हुने खानेपानीका लागि १० वटा डिप बोरिङबाट संकलन हुने र पानी अत्याधुनिक प्रणालीबाट पानी शुद्धिकरण गरी चौविसैघण्टा घरघरमा खानेपानीको धारा पू¥याउने गरी काम भइरहेको अध्यक्ष गौतमले बताए । अहिले खानेपानीको अभाव देखिएका क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी बितरण गर्ने योजनाका साथ काम भइरहेको अध्यक्ष गौतमको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार