काठमाडौं : कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका वडा नम्बर आठका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
कोरोना विशेष अस्पताल जनकपुरमा २० दिन देखि आइसीयूमा उपचाररत पुरुषको गएराति मृत्यु भएको हो । मृतक देश बाहिर कतै नगएका ब्यक्ति हुन् । पछिल्लो समय धनुषामा समुदाय स्तरमा कोरोना फैलिसकेको अनुमान गरिएको छ ।
यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस