बाँके : बाँकेमा दुई चिकित्सक सहित थप १५ जनामा कोरोना पुष्टि भएको छ। नेपालगन्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा दुई जना चिकित्सकमा कोरोना देखिएको हो। दुवै चिकित्सक महिला हुन्। यसअघि मेडिकल कलेजमा कार्यरत महिला चिकित्सकलाई पनि कोरोना पुष्टि भएको थियो। नेपालगन्ज मेडिकल कलेजमा लिइएको स्वाब भेरी अस्पतालको पिसिआर ल्याबमा परीक्षण गर्दा दाङका एक र कैलालीका दुई जनामा पनि कोरोना पुष्टि भएको छ।
त्यसैगरी बाँकेका थप १५ जनामा पनि भाइरस संक्रमण पुष्टि छ। वडा कार्यालयका थप चार जना प्रहरीमा पनि कोरोना देखिएको छ। नेपालगञ्जका विभिन्न वडा र डुडुवा गाउँपालिकाका वडा नं. ५ र ६ का २५ र ३५ वर्षीया महिला पनि कोरोना पुष्टि भएको छ। यस्तै वडा नं. २ का २३ वर्षीय पुरुषमा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ। भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको परीक्षणमा सल्यानका एक जना गरी सोमबार २० जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।