तुलसीपुर : तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट आमा छोरा घाईते भएका छन् । सोमबार दिउँसो साढे ३ बजेतिर रा २ प ५८६९ नम्बरको मोटरसाइकलले तुलसीपुर ६ मा ठक्कर दिदाँ पैदलयात्री तुलसीपुर ६ की ३२ बर्षीय अवसरा खत्री र उनको २ बर्षीय छोरा घाईते भएको प्रहरीले जनाएको छ । आमा बायाँ कम्मर चोट लागेपनि अवस्था सामान्य र छोराको टाउँकोमा चोट लागेको अवस्था मध्यम रहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहको र मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी भमकेदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा २ प ४०३३ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जादै गरेको बा १८ च ७२०३ नम्बरको स्कारपियो गाडि तुलसीपुर ८ अश्वारामा एक आपसका ठोकिदाँ मोटरसाइकल चालक तुलसीपुर ८ का २९ बर्षीय टेक बहादुर साहु घाईते भएका छन् ।
उनको दायाँ खुट्टा र बायाँ हातमा चोक लागेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।