बृहत् वृक्षारोपन कार्यक्रम सम्पन्न

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २६ गते सोमवार


देविराम कुसारी

फुलवारी :  तुलसीपुर उपमहानगरपालिका १३ अम्बापुरमा बृहत् वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली सेनाको १९ नम्वर वाहिनि अड्डा र श्री नम्वर २ वन तथा पर्यावरण गण अम्वापुरको व्यवस्थापनमा जन कल्यान सामुदायिक वनको ९ हेक्टर क्षेत्रफलमा वृक्षारोपन गरिएको हो । दाङ जिल्ला प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एभोगाड, लिच, अमला, अनार आदीका करीब दुई हजार बिरुवा लगाएको छ ।

कार्यक्रममा नेपाली सेना, राष्ट्रपती तराई मधेश चुरे संरक्षण कार्यक्रमका प्रतिनिधि, नेपाल रेडक्रसका प्रतिनिधि, जिल्ला वनका कर्मचारी, जन प्रतिनिधि तथा स्थानिय उपभोक्ताको उपस्थिति रहेको थियो ।  वन क्षेत्र भित्र लगाएका बिरुवा संरक्षण गर्न समस्या हुने भन्दै रेडक्रसका जिल्ला सदस्य तथा स्थािनय उपभोक्ता हरिहर पौडेलले तावारको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार