दाङ : आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो दाङका शिवालयलमा भिडभाड कमी छ । अधिकांश यस पटक श्रद्धालु भक्तजनले घर÷घरमै पूजा गरी मनाउँदैछन् ।
आजका दिन विगतका वर्षमा शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्थ्यो । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् । साउन महिनाको सोमबार बर्त लिदाँ विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।
त्यसैगरी शित्रिद्धेश्वरी मन्दिर तुलसीपुरमा साउन २५ गतेदेखि धार्मिक अनुष्ठानका कार्यक्रमहरु हाललाई रोकिएका छन् । कोरोना भाईरस संक्रमण रोकथाम र ब्यबस्थापनका लागि नेपाल सरकारले सार्वजनिक स्थल,धार्मिक स्थलहरु सञ्चालन नगर्न नगराउन गरेको निर्देशनलाई पालना गर्दै आईतबारदेखि पुन स् बन्द गर्ने निर्णय गरिएको मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष देवराज धितालले जानकारी दिए। यसबाट सबैभन्दा साउनको सोमबार व्रत बस्ने र मन्दीरमा पुजा गर्नेलाई मर्कामा पर्ने देखिएको छ ।
कोभिड–१९ रोकथाम र ब्यबस्थापन भई पूर्वबत अबस्थामा आए पुन स् नियमित रुपमा धार्मिक अनुष्ठानका कार्यक्रम जारी रहने समितिका सहसचिब निर्मल नेपालीले जानकारी दिए। यसअघि गत चैत ११ गते सरकारले लकडाउन गरेदेखि बन्द रहेको त्रिशिदेश्वरी मन्दीर जिल्लामा लकडाउन खुकुलो भएदेखि सामाजिक दुरीलाई कायम र मास्क लगाई पुजा पाठ गर्ने ब्यबस्था मिलाएको थियो । अव भने धार्मिक कार्य पूर्ण रुपमा रोकिने मन्दीर ब्यबस्थापन समितिले जनाएको छ