काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा कास्की र पर्सामा गरी २ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका १९ का ६२ वर्षिय वृद्धको सान २४ गते मृत्यु भएको बताए ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरका क्रमममा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका २ बस्ने २० वर्षिय महिलाको २४ गते निधन भएको उनले बताए ।
उपचारका लागि नारायणी अस्थायी कोभिड अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो । त्यसैगरी बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारत कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको कोरोनाका कारण आइतबार दिउँसो मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि नरैनापुर र बैजनाथमा एकरएक जनाको मृत्यु भएको थियो।
बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक ठूलो संख्यामा बढिरहेको छ। आजमात्रै ३० जना प्रहरीसहित ४८ जना थपिएका थिए। दैनिक ठूलो संख्यामा कोरोना थपिँदै गएपछि स्थानीय प्रशासनले गत शनिबारदेखि जारी रहेको निषेधाज्ञालाई बढाएको मात्रै छैन, नेपालगञ्ज बजार एरियालाई शील गरेर सेना परिचालन गरेको छ।