घोराहीको चेपे तालको किनार २ सय फूलका विरुवा रोपियो

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २५ गते आइतवार


घोराही, २५ साउन :  पर्यटकिय गन्तव्य स्थल बन्दै गरेको घोराही उपमहानगरपालिका १ र २ स्थित चेपे तालको किनारमा आइतवार विभिन्न प्रजातीका फूलहरु रोपिएको छ । वन डिभिजन कार्यालय दाङका उपलब्ध गराएको २ सय वटा विभिन्न प्रजातीका फूलका विरुवा रोपिएको हो ।
सौन्दर्य बढाउने उदेश्यले तालको दक्षिण तर्फको सडक छेउमा फूलका बिरुवा रोपिएको हो । नगर प्रमुख नरुलाल चौधरी, बाताबरण सरसफाई तथा स्वच्छता शाखाका प्रमुख प्रेम केसी, अम्बिकेश्वरी सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर वली सहित सुर्केडाँगीका स्थानियहरुले विरुवा रोपेका हुन् ।

फूलका विरुवाहरुमा चाँदनी, इन्द्रकमल, फोनिक्स पाम, असारे, छतिवन, मुसुण्डा, लालुपाते, कपुर, कल्की, जाकरण्डा र बजरडन्ठे लगाएतका रोपिएको हो । उक्त चेपे तालमा हालै ४ वटा डुंगा समेत हालिएको छ ।
पर्यटकिय गन्तव्यकारुपमा उक्त चेपे ताललाई विकास गर्न स्थानिय सरकार घोराही उपमहानगरपालिका र स्थानिय नागरिकहरु लागि परेका छन् ।।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार