तुलसीपुरका थप ३ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २४ गते शनिवार

तुलसीपुर  :  तुलसीपुरमा शनिवार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर उपमहानरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ३ जना ब्यक्तिमा कोरोना पुष्टि भएको उपमहानरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

साउन २१ गते लिइएको स्वाब परीक्षणमा राप्ती लाईफ केयर क्वारेन्टाइनमा रहेका १ जना ,मावि सेन्टर स्कुलको क्वारेन्टाइनमा बसेका १ जना र होम क्वारेन्टाइनमा बसेका १ जनामा संक्रमण पुष्टि भएको केसीले जानकारी दिए । उनीहरु वडा नम्बर ८, ११ र १७ का २२,३१ र ३४ बर्षीय पुरुषहरु रहेको उनले जानकारी दिए ।

संक्रमितहरुलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको फोकल पर्सन केसीले जानकारी दिए । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा समुदायमा कोरोना संक्रमण नेगेटिभ आएको छ । विभिन्न क्षेत्र र समुदायका मानिसहरुको स्वाब संकलन गरिएकोमा सबैको नेगेटिभ आएको तुलसीपुरका उनले जानकारी दिए । उनका अनुसार १ सय ७३ जना यातायात ब्यवसायी ,ब्यापारी,पत्रकार,स्वास्थ्यकर्मी लगाएतको कोरोना चेकजाँच गरिएको थियो । सबैको रिर्पाेट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार