काठमाडौं, २४ साउन : नेपालमा शनिबार ३ सय ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिवार देशभरी ६ हजार २ सय ६ जना सक्रिय संक्रमित रहेका छन ।
प्रदेश १ मा ४ सय ७८, प्रदेश २ मा २ हजार ९ सय २९, बागमती प्रदेशमा १ हजार २९ र गण्डकी प्रदेशमा २ सय ४२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा १ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७५ जना संक्रमित उपचाररत रहेका छन । शनिबार पीसीआर विधिबाट ७ हजार ७ सय ८८ गरी आजसम्म ४ लाख ३५ हजार २ सय ८९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।
देशभरीका क्वारेन्टीनमा १० हजार ७ सय ९२ जना रहेका छन । प्रदेश १ मा २ हजार २ सय ४९, प्रदेश २ मा १ हजार ४ सय ४३, बागमती प्रदेशमा ९ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ८ सय ३४ जना , प्रदेश ५ मा १ हजार ५ सय ४, कर्णाली प्रदेशमा ४ सय ८३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ३ सय २७ जना क्वारेन्टीनमा रहेको प्रवक्ता गौतमले बताए ।